बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको भेट,पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

सक्रिय न्युज · बुधबार, ३१ भदौ, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको भेट,पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता
काठमाडौं, भदौ ३१ :

प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा प्रधानमन्त्रीज्यूसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्रीज्यूले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्दताका लागि आभार व्यक्त गरे।

यस्तै राजदूत तोरुले दुःखको यस घडीमा संवेदना प्रकट गर्दै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्ताका क्रममा नेपाल-जापान आपसी सम्बन्धका विविध आयामहरूमा भइरहेको सहकार्यका बारेमा पनि छलफल भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार