बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ भदौ, २०८३ मा प्रकाशित
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
काठमाडौं, भदौ ३१ :

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१  दशमलव १९ अङ्कले घटेर दुई हजार ६१२ दशमलव ४२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७७ अङ्कले घटेर ४६३ दशमलव ६८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ५० अङ्कले घटेर १७९ दशमलव ६३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ३२ अङ्कले घटेर १५६ दशमलव ५८ मा पुगेको छ ।

विभिन्न कम्पनीका एक करोड ५१ लाख एक हजार ५५५ कित्ता शेयर रु पाँच अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ मूल्यमा खरिद बिक्री भएको छ । सबै उपसमूह नकारात्मक रहेको छ । ४२ कम्पनीको शेयर बढ्यो भने २२५ कम्पनीको शेयर घट्यो । त्यसैगरी १२ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी एनएमबी हाइब्रिड फण्ड, रिग्वे लाइन इनर्जी, नेपाल वायरहाउस कम्पनीलगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार