काठमाडौं, भदौ ३० :

जिल्ला न्यायाधीश हिमाल बेलबासेलाई न्याय परिषदले उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेपछि त्यसलाई रवि लामिछानेको मुद्दा फिर्ताको विषयसँग जोडेर हेर्न थालिएको छ । 

अनिवार्य अवकाश पाउन चार दिन मात्र बाँकी रहेका न्यायाधीश बेलबासेलाई रोलक्रम मिचेर सिफारिस गर्ने पर्नाको कारण के थियो भनेर कानुनीवृत्तमा चर्चा हुन थालेको छ । बेलबासेलाई ४ दिनका लागि उच्च अदालतको न्यायाधीश बनाउँदा वरिष्ठता पनि मिचिएको छ। उनी वरिष्ठताको सूचीमा १३औं नम्बरमा थिए। अवकाशको चार दिनअघि मात्रै गरिएको उनको सिफारिसले न्याय क्षेत्रमा प्रश्न उठाएको छ। लामिछानेको मुद्दा फिर्ता लिएबापत उनलाई सिफारिस गरेर पुरस्कार दिइएको केहीले चर्चा गरेका छन् ।

बेलबासेको सिफारिसलाई गत जेठ ८ गते उनले रवि लामिछानेको मुद्दाको आदेशसँग जोडेर पनि प्रश्न उठाइएको छ।सहकारी ठगीको अभियोग कायम राखी संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउन आदेश दिएको थियो। मंगलबार बसेको न्याय परिषद बैठकले बेलबासेसहित उच्च अदालतका तीन र जिल्ला अदालतका एक न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

संविधान अनुसार जिल्ला र उच्च अदालतका न्यायाधीशले ६३ वर्ष उमेर पूरा भएपछि अवकाश पाउँछन्। न्यायाधीश बेलबासे असोज ४ गते गते ६३ वर्ष पूरा हुँदैछन्।बेलबासेलाई उच्च अदालतमा सिफारिस गर्नुको आधार र कारणबारे परिषदले  सार्वजनिक गरेको छैन।