
काठमाडौं, भदौ ३० :
नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्याल विपत्तिको बेलामा एक्लै काफी छु भन्ने घमण्ड नगर्न सरकारलाई आग्रह गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्यालले घमण्डकै कारण सरकारले बाढीपीडितको उद्धार र राहतमा जति गर्नु पर्ने थियो त्यति कामहरू गर्न नसकेको आरोप लगाइन् ।
उनले भनिन्, ‘सरकारले तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहलमार्फत सहयोग माग गर्नुपर्थ्यो तर घमण्डकै कारण गरेन ।’ उनले देश र जनताको माया सत्तापक्ष र विपक्षलाई फरक-फरक हुने नभई सबैलाई बराबर हुने बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन ।काम नै भएन भन्न खोजेको होइन । अझ बेसी गर्न सकिन्थ्यो ।’