काठमाडौं, भदौ २९ :

नेपाली कांग्रेसका दुवै पक्षले गर्न लागेको महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।  सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाले गर्न लागेको दुवै महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्चले दरपीठ गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको बताए ।

अधिवक्ता मणिराम उपाध्यायले सोमबार कांग्रेसको दुवै पक्षको महाधिवेशन मिति तय भएको र त्यसलाई रोक्न रिट पेस गरेका थिए । कांग्रेस संस्थापनले असोज १६ देखि १९ सम्म १५ औं महाधिवेशनको मिति तोकेको छ भने देउवा पक्षले पनि मंसिर २१ देखि २३ गतेसम्म हुने गरी महाधिवेशनको छुट्टै मिति तोकेको गरेको छ ।