बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

कांग्रेसको दुईवटा महाधिवेशन : इतर समूहले पनि १५ औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ भदौ, २०८३ मा प्रकाशित
कांग्रेसको दुईवटा महाधिवेशन : इतर समूहले पनि १५ औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने
काठमाडौं, भदौ २९ :

नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५ औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने भएको छ ।

संस्थापनइतर समूहले सोमबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटी रुपमा अगाडी बढ्न खोजेको भन्दै आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढाउने जनाएको हो । 

विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको देखिएको कांग्रेस संस्थापनइतर समूहका संयोजक डा शशांक कोइरालाले बताए ।

१४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय सदस्यको मान्यता दिने निर्णय देउवा पक्षद्वारा अस्वीकार

उनले असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहका अधिवेशनहरूमा सक्रिय सहभागिता जनाउन पार्टी कार्यकर्ताहरूलाई अनुरोध गरिएको बताए । उनले पार्टीको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहेको उल्लेख गर्दै उनले आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन अपील समेत गरे । उनले विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्र बनाउन सकिने धारणा राखे ।

१५औं महाधिवेशनले पार्टी र देशको राजनीतिक भविष्यको दिशा तय गर्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।  कोइरालाले कुनै पक्ष असन्तुष्ट वा अलग्गिएको भए पनि समाधानको एउटै उपाय ‘वार्ता’ रहेको र संवादमार्फत मूलधारमा ल्याएर एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिए । केवल अर्को पक्षको तर्क सुनेर नपुग्ने भन्दै उनले आफूहरूले पनि वार्ता र एकताका लागि बारम्बार आग्रह गरेको तर गगन थापा तथा विश्वप्रकाश शर्माहरूले सुनुवाइ नगरेको आरोप लगाए ।

पार्टीको लाइन र भविष्यलाई सुरक्षित पार्नु आफ्नो काँधको ठूलो जिम्मेवारी रहेको कोइरालाले बताए । सभापति शेरबहादुर देउवाले गगन थापालाई भेट्न समय नदिएकोबारे सोधिएको प्रश्नमा उनले सभापतिको व्यस्तताका कारण हुनसक्ने तर भेट्नै नचाहेको भन्ने कुरा सत्य नहुने धारणा राखे । पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु अहिलेको आवश्यकता रहेको संस्थापनइतर समूहको निष्कर्ष छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार