
काठमाडौं, भदौ २९ :
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
झापाबाट काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थलभित्रै कार्यक्रम गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई भक्तपुरस्थित घर पठाएको छ। विमानस्थलमा पत्रकार सम्मेलन गर्न नपाएपछि उनले घरमै पत्रकार डाकेर घटनाको बारेमा जानकारी गराउँदैछन् ।
उनी विमानस्थलबाट निस्किँदै गर्दा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी हुन थालेपछि प्रहरीले उनका समर्थक सबैलाई त्यहाँबाट बाहिर निकालेको थियो ।