
काठमाडौं, भदौ २५ :
प्रमुख प्रतिपक्षी दलहरुको बैठक सिंहदरबारमा बसेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापना, सर्वददलीय बैठकका निर्णयहरु कार्यान्वयनलगायतका विषयमा छलफल भएको छ।
कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल र श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी भएका छन् । यसपटकको बैठकमा राप्रपा भने सहभागी भएको छैन ।