बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
राजनीति अर्थतन्त्र भिडियो

आपूर्तिमन्त्री यादवको गुनासो- कानुनभित्र रहेर काम गर्दा निरीह बन्नु पर्यो

ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ भदौ, २०८३ मा प्रकाशित
आपूर्तिमन्त्री यादवको गुनासो- कानुनभित्र रहेर काम गर्दा निरीह बन्नु पर्यो
काठमाडौं, भदौ २४ :

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताएकी छिन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री यादवले आयल निगमअन्तर्गत आफ्नै ग्यास उद्योग नरहेको र ५८ वटै उद्योग निजी क्षेत्रलाई दिइएकोले सरकारले केही गर्न नसकेको उनले गुनासो गरिन् । 

मन्त्री यादवले  ५८ वटा उद्योगले दैनिक ३–३ हजार सिलिन्डर मात्र काठमाडौँ पठाइदिएको भए अभाव नहुने तर उद्योगीहरूले पठाउन नमानेको तर्क गरिन् । काठमाडौँका लागि सोमबार  ४५ हजार र मंगलबार ४८ हजार सिलिन्डर हिँडेको भनिए तापनि बजारमा १९–२० हजारभन्दा बढी नपुगेको र बाँकी सिलिन्डर कहाँ हरायो भन्ने पत्ता लाग्न नसकेको उनले बताइन् । उनले १० औँ पटक पत्राचार गर्दा पनि उद्योगीहरूले विवरण नदिएको र कानुनभित्र रहेर काम गर्दा सरकार नै निरीह बन्नुपरेको उल्लेख गरिन्। 

मन्त्री यादवले निजी उद्योगीहरूको एकाधिकार तोड्न नेपाल आयल निगम मातहत आफ्नै ग्यास उद्योग खोल्नैपर्ने र देशमा धेरैमा २ वटा भन्दा बढी ग्यास उद्योग आवश्यक नरहेकाले बाँकी उद्योगहरु खारेज गर्नुपर्ने धारणा राखिन् । जुनसुकै कम्पनीको खाली सिलिन्डर भए तापनि अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न मिल्ने व्यवस्था गर्न नेपाल आयल निगमलाई कडा निर्देशन दिइएको भन्दै उनले निर्देशन उल्लङ्घन भए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिए ।

त्यस्तै उनले नागरिकको आधारभूत आवश्यकतासँग जोडिएका ५ वस्तुहरूमा तेल, ग्यास, लुगा, खाद्यान्न र चिनीमा राज्य आत्मनिर्भर हुनैपर्ने बताइन् । मन्त्री यादवले बजारमा चिनीको अभाव हुन नदिन र मूल्यवृद्धि रोक्न १ प्रतिशत भन्सार महसुलमा कुल २५,००० मेट्रिक टन चिनी आयात गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएकाले आगामी असोज २० गतेसम्म यो परिमाणको चिनी आयात गरिसक्ने गरी आपूर्ति व्यवस्थापन भइरहेको जानकारी दिइन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार