शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

बाढीपीडितको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन कांग्रेसको ध्यानाकर्षण

सरकारको पहिलो दायित्व सत्ता नभई नागरिकको ज्यान जोगाउनु हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ भदौ, २०८३ मा प्रकाशित
बाढीपीडितको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन कांग्रेसको ध्यानाकर्षण
काठमाडौं, भदौ २४ :

नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ज्यान जोगाउनु रहेको स्मरण गराउँदै संकटको घडीमा राज्यको बलियो उपस्थिति देखाउन आग्रह गरिन् ।

उनले  रसुवामा विनाशकारी बाढी आएको दुई हप्ताभन्दा बढी बितिसक्दा पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको आरोप लगाइन् । यो केवल प्राकृतिक विपत्ति नभई सयौँ परिवारको जीवनसँग जोडिएको गम्भीर राष्ट्रिय सङ्कट भएको उनले बताइन्।

उनले रसुवा घटनापछि दैलेख तथा कर्णाली क्षेत्रका थुप्रै नागरिकहरू अझै सम्पर्कविहीन रहेकाले सम्पर्कविहीनहरूको यथार्थ विवरण तत्काल अद्यावधिक गरी परिवारजनलाई सही सूचना दिन सरकारसँग माग गरिन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार