
फाइल तस्बिर ।
काठमाडौं, भदौ २२ :
राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौँ फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।