शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि १ लाख ७० हजार यात्रु अलपत्र

सक्रिय न्युज · सोमबार, २२ भदौ, २०८३ मा प्रकाशित
इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि १ लाख ७० हजार यात्रु अलपत्र
काठमाडौं, भदौ २२ :

ज्वालामुखी विस्फोट भएपछि इन्डोनेसियाका अधिकारीहरूले आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरेपछि करिब १ लाख ७० हजार यात्रु अलपत्र परेका छन्।

आइतबार बिहान जकार्तास्थित सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले बन्द गरिएको थियो। विमानस्थल आसपासको आकाशमा अनाक क्राकाटाउ  ज्वालामुखीबाट निस्किएको खरानी देखिएपछि विमानस्थल बन्द गरिएको हो।

इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार १,५५८ वटा उडान ढिला भएका छन्। विमानस्थलहरू सोमबार बिहान स्थानीय समयअनुसार ९ बजेसम्म बन्द रहने बताइएको छ।

अनाक क्राकाटाउ ज्वालामुखीले शुक्रबार राति ढिलोदेखि विस्फोट गर्न थालेको थियो। विस्फोटपछि लगातार भूकम्पीय गतिविधि, लाभाका फोहोरा र ठूलो आवाज आसपासका क्षेत्रमा सुनिएको थियो। अधिकारीहरूका अनुसार आइतबार बिहान पनि थप दुईवटा विस्फोट भएका थिए।

अनाक क्राकाटाउको पछिल्लो विस्फोटका कारण उडानहरू रद्द हुनुका साथै केही विद्यालयका गतिविधिसमेत रोकिएका छन्।

यातायात मन्त्रालयका अनुसार विमानस्थल सञ्चालन रोकिँदा मुख्य रूपमा सिंगापुर जाने तथा सिंगापुरबाट आउने उडानहरू प्रभावित भएका छन्। यसका साथै दोहा, सिड्नी र क्वालालम्पुर लगायतका अन्तर्राष्ट्रिय गन्तव्यतर्फका उडानहरू पनि प्रभावित भएका छन्।

यातायातमन्त्री डुडी पुरवागन्धीले ज्वालामुखीको खरानी पश्चिम जाभातर्फ फैलिएको परीक्षणबाट पुष्टि भएपछि थप विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको बताए।

उनले उडान रद्द भएका यात्रुहरूलाई टिकटको रकम फिर्ता गर्ने प्रक्रिया छिटो अघि बढाउन विमान कम्पनीहरूलाई आग्रह गरेका छन्। साथै, आगामी उडान भएका यात्रुहरूलाई समयमै सूचना उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन्, ताकि विमानस्थलहरूमा अत्यधिक भीड नहोस्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार