शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति भिडियो

संसद् भवन परिसरमा जेन्जी सहिद पार्कको शिलान्यास

पार्क निर्माणले मात्र सहिद जेन्जीहरुले न्याय पाउन सक्दैनन् : गृहमन्त्री गुरुङ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ भदौ, २०८३ मा प्रकाशित
संसद् भवन परिसरमा जेन्जी सहिद पार्कको शिलान्यास
काठमाडौं, भदौ २१ :

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा संसद् भवन परिसरमा निमार्ण गर्न लागिएको जेनजी मेमोरियल पार्कको शिलान्यास गरिएको छ ।  आइतबार जेनजी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्कको सरकार र जेन्जी सहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास गरिएको हो। शिलान्यास कार्यक्रममा संचारकर्मीसँग बोल्दै गृहमन्त्री सुदन गुरुङले देशका लागि आफ्नो ज्यान आहुती दिने जेन्जीहरुका सपना पूरा गर्ने बाटोमा सरकार लागिपरेको बताए ।

मन्त्री गुरुङल आन्दोलनका क्रममा देखिएको सपना, सहिदहरूले दिएको बलिदान र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसको उद्देश्य पूरा गर्ने दिशामा सरकार दृढताका साथ अघि बढ्ने बताए। मन्त्री गुरुङले पार्क निर्माणले मात्र सहिद जेन्जीहरुले न्याय पाउन नसक्ने भन्दै अझै धेरै कामहरु गर्न बाँकि रहेको बताए।

कार्यक्रममा बोल्दै भौतिक तथा पुर्वाधार मन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका आन्दोलनले महत्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको बताए ।

 उनले “हजारौँ सपना र बलिदानबाट प्राप्त अवसरलाई खेर जान नदिए सुशासन, विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । यस अघिको शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन्जी सहिदहरुको सम्झनामा पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार