शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

नेपाल 'ए' टस जितेर न्युजिल्यान्ड विरुद्ध ब्याटिङ गर्दै

सक्रिय न्युज · आइतबार, २१ भदौ, २०८३ मा प्रकाशित
नेपाल 'ए' टस जितेर  न्युजिल्यान्ड विरुद्ध ब्याटिङ गर्दै
काठमाडौं, भदौ २१ :

अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो खेलमा न्यूजिल्यान्ड ‘ए’ विरुद्ध खेल्दैछ । डार्विनको मरारामा भइरहेको खेलमा नेपालले ‘टस’ जितेर ‘ब्याटिङ’ रोजेको छ ।

नेपाल अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ । नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको थियो ।

नेपालले तास्मिनियाविरुद्ध दुई विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो । आजको खेलमा नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई प्लेइङ–११ मा मौका दिएको छ ।

चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल न्युजिल्यान्डविरुद्ध पनि प्लेइङ–११ बाहिर छन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार