बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
प्रदेश बागमती प्रदेश

त्रिशूली ३ ‘ए’ को पावरहाउस भित्र पुग्यो सेनाको उद्धार टोली

१० दिनपछि उद्धार गरिएका सञ्जयका बुवाआमा छोरालाई भेट्न काठमाडौै आए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ भदौ, २०८३ मा प्रकाशित
त्रिशूली ३ ‘ए’ को पावरहाउस भित्र पुग्यो सेनाको उद्धार टोली
नुवाकोट, भदौ १९ :

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेपछि नेपाली सेनाले उद्धार कार्यका लागि थप जनशक्ति परिचालन गरेको छ। थप जनशक्तिसहित सेनाको टोली आयोजनाको पावर हाउसमा प्रवेश गरेको छ।

उद्धार टोलीलाई पावर हाउसको आन्तरिक संरचनाबारे जानकारी गराउन नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर सञ्जोग पनि सेनाको टोलीसँगै पावर हाउस प्रवेश गरेका छन्।

यसैबीच, सुरुङबाट १० दिनपछि सकुशल उद्धार गरिएका सञ्जय साहलाई भेट्न उनका बुवा, आमा र दाजु हवाई मार्गबाट काठमाडौं आएका छन्। साह तिलाठी कोइलाडी गाउँपालिका–४ का बासिन्दा हुन्।

भोटेकोसीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई १० दिनपछि सकुशल उद्धार गरिएको थियो।

दुई जनाको जीवितै उद्धार भएपछि सुरुङभित्र फसेका अन्य व्यक्तिलाई पनि सकुशल उद्धार गर्न सकिने आशा बढेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायको संयुक्त टोलीले सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार