बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति भिडियो

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गएर जलवायु क्षतिपूर्तिको मुद्दा उठाउनुपर्छ : मनिष झा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ भदौ, २०८३ मा प्रकाशित
प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गएर जलवायु क्षतिपूर्तिको मुद्दा उठाउनुपर्छ : मनिष झा
काठमाडौं, भदौ १८ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद झाले नेपालले कुनै कारण वा संकट सिर्जना नगरे पनि अरूका कारण उत्पन्न जलवायु परिवर्तनको चर्को मूल्य चुकाउनु परेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु क्षतिपूर्तिको माग गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा गएर सशक्त रूपमा आवाज उठाउन उनले आग्रह गरे । उनले अब विश्व समुदायसँग राहत माग्ने समय नभई नेपालले गरेको त्याग र क्षतिको अधिकारसहित क्षतिपूर्ति दाबी गर्ने बेला आएको धारणा राखे ।

सांसद झाले राष्ट्रिय संकटको यस घडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति सबै दलहरूले देखाएको समर्थन, सद्भाव र ऐक्यबद्धता अनुकरणीय रहेको उल्लेख गरे।

साथै उनले विपद् व्यवस्थापनका लागि प्रहरी तथा सुरक्षा निकायलाई साधन–स्रोत सम्पन्न बनाउनुपर्ने; सुरक्षा निकायलाई आवश्यक उड्डयन तथा आधुनिक उद्धार उपकरण उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार