
काठमाडौं, भदौ १८ :
सरकारले भोटेकोसी बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारी घाइते भएमा निःशुल्क औषधोपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै बैठकले उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजका परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।