रविलाई पक्रनु राजनीतिक प्रतिशोध र कुण्ठा मात्रै हो: नेता झा
शनिबार, ४ कात्तिक, २०८१ मा
प्रकाशित
पोखरा, कात्तिक ४ :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा पार्टी कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
रवि लामिछाने पक्राउको विरोधमा पोखरामा शनिवार भएको विरोध कार्यक्रममा बोल्दै पार्टीका नेता मनिष झाले सहकारीबाट अपचलन भएको ८७ अर्बको कुरा नगरी गोर्खा मिडियाको ६५ करोड ५४ लाख रुपैयाँ र रवि लामिछानेको आफ्नो कार्यकाल अवधिमा ३ करोड खर्च गरेको मात्रै सरकारले देखेको आरोप लगाएका छन् ।
त्यसैले यो राजनीतिक प्रतिशोध र कुण्ठा मात्रै भएको उनको भनाई छ ।
सहकारी समस्यालाई सरकारले समग्रमा हेर्नुपर्ने भन्दै नेता झाले राष्ट्रिय स्वतन्त्र पार्टी कानुनी रुपमा सहयोग गर्न तयार रहेको बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।