बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
अर्थतन्त्र कर्पोरेट

प्रधानमन्त्री राहत कोषमा इप्पानको १३ करोड सहयोग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ भदौ, २०८३ मा प्रकाशित
प्रधानमन्त्री राहत कोषमा इप्पानको १३ करोड सहयोग
काठमाडौं, भदौ १७ :

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र जलविद्युत् कम्पनीहरूको तर्फबाट १३ करोड १ रुपैयाँ सहयोग गरिएको छ । आफ्नै विद्युत् आयोजना बाढीले बगाएर ठूलो क्षति पुर्‍याएको भए पनि  नागरिकको उद्धार, पुनःस्थापना र पुनःनिर्माणमा उक्त रकम सहयोग गरिएको  इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले बताए ।

बुधबार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा सहयोग रकम ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।राष्ट्रमाथि संकट परेको बेला सरकारसँग सहकार्य गर्नु निजी क्षेत्रको दायित्व भएको जनाउँदै उनले यस्तो विपद्मा सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न इप्पान र निजी ऊर्जा क्षेत्र तयार रहेको बताए ।

भोटेकोसी नदीमा आएको बाढीबाट हालसम्म सञ्चालनमा रहेका ८ र निर्माणाधीन ४ गरी १२ वटा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको बताएको छ । बाढीकै कारण करिब ४ सय ३१ मेगावाट विद्युत उत्पादन क्षमता नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको इप्पानका महासचिव टीएन आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार