बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
प्रदेश सुदूरपश्चिम प्रदेश

गौरा पर्वका अवसरमा शुक्लाफाँटा नगरपालिकामा भोलि सार्वजनिक बिदा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ भदौ, २०८३ मा प्रकाशित
गौरा पर्वका अवसरमा शुक्लाफाँटा नगरपालिकामा भोलि सार्वजनिक बिदा
कञ्चनपुर, भदौ १७ :

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबारको एक दिनका लागि सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिमको सांस्कृतिक पर्व गौराका अवसरमा पालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिनुभयो ।

“गौरा पर्व यहाँको प्रमुख पर्वका अवसरमा पालिकाले एक दिन स्थानीय बिदा गरेको हो”, उनले भने, “बिदामा अत्यावश्यक सेवाबाहेकमा सेवा बन्द रहनेछन् ।” मङ्गलबार पञ्चमीका दिनदेखि विधिवत् रुपमा सुरु भएको गौरापर्वको दोस्रो दिन आज ब्रतालु महिलाले बिरुडा धोएर न्यालाको गौरा मनाउँदै छन् । गौरापर्वको तेस्रो दिन भोलि ब्रतालु महिलाले गौरादेवीलाई गौरा घरमा भित्र्याएर पूजाआजा गर्ने गर्छन् ।

प्राचीनकालदेखि पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा गरिँदै आएको छ । गौराकै अवसरमा सुदूरपश्चिममा देउडा खेलसमेत हुने गरेको छ । महिलाले गौराको ब्रत बस्ने गरेका छन् भने पुरुषले यो सुदूरपश्चिमका लोकगीत देउडा डुस्को, धुमारी खेल खेल्ने गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार