बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक ४३ अङ्कले घट्यो

· सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
नेप्से परिसूचक ४३ अङ्कले घट्यो
काठमाडौं, भदौ १५ :

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३ दशमलव ८९ अङ्कले घटेर दुई हजार ५१३ दशमलव ४२ मा  पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६८  अङ्कले घटेर ४४४ दशमलव ४३ मा पुगेको छ । फ्लोट सूचक तीन दशमलव शून्य दुई अङ्कले घटेर १७२ दशमलव २४ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ४१ अङ्कले घटेर एक सय ४९ दशमलव ७७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ९३ लाख २२ हजार १८५ कित्ता सेयर रु तीन अर्ब ६४ करोड ८६ लाख नौ हजार ८७८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने १२ उपसमूहको मूल्य घटेको छ । आज २१ कम्पनीको सेयर मूल्य बढेको, २५३ कम्पनीको सेयर घटेको र चार कम्पनीको सेयर स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज उपकार लघुवित्त, घोराही सिमेन्ट एनआइसी एसिया डिबेञ्चरका लगानीकर्ताले कमाएका छन् भने मैलुङ खोला जलविद्युत् कम्पनी, रसुवागढी हाइड्रोपावर एमबिएल इक्युटि फण्डका लगानीकर्ताले गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार