छिमेकी मुलुक चीनले भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई २० लाख अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता प्रदान गरेको छ ।
नेपालका लागि चीनका राजदूत झाङ माओमिङले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी चिनियाँ सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको उक्त राहत सहायता हस्तान्तरण गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । उनले आजै चिनियाँ रेडक्रस सोसाइटीद्वारा नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गरिएको दुई लाख अमेरिकी डलर समेत हस्तान्तरण गरे । राजदूत माओमिङले नेपाल र चीनका लागि अहिलेको प्रमुख कार्य पहिरो विपत्तिको सामना गर्नु रहेको बताए ।
नगद सहायता प्रदान गर्नुका साथै चीनले चिनियाँ सुरुङ उद्धार टोलीमार्फत विपद् प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूत माओमिङले बताए । चिनियाँ पक्षले नेपाललाई विपद् प्रभावित क्षेत्रका तस्बिर, जलविज्ञान तथा मौसमसम्बन्धी सूचना र अन्य सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।
सो अवसरमा मन्त्री डा वाग्लेले चीनको सहयोगप्रति आभार व्यक्त गर्दै कठिन समयमा दुवै देशबीच देखिएको गहिरो मित्रताको उच्च प्रशंसा गरे । उनले नेपालले प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्ने, नेपालका विपद् प्रभावित क्षेत्रमा फसेका मानिसको उद्धारका लागि कुनै कसर बाँकी नराख्ने तथा विपद्पछिको योजना र पुनःनिर्माणमा द्विपक्षीय घनिष्ठ सहकार्यको अपेक्षा रहेको बताए ।
यसैबीच, रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएका छन्।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाएका हुन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै