बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
प्रदेश बागमती प्रदेश

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
रसुवा, भदौ १० :

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनीहरू सम्पर्क विहीन भएका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन् ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका छन् । सो कार्यालयमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकामा एक जना सम्पर्कमा आएको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार