बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

सुरक्षासँग सम्बन्धित उजुरीलाई सम्बन्धित मन्त्रालयमा पठाउने सुनुवाई समितिको निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
सुरक्षासँग सम्बन्धित उजुरीलाई सम्बन्धित मन्त्रालयमा पठाउने सुनुवाई समितिको निर्णय
काठमाडौं, भदौ ५ :

संसदीय सुनुवाई समितिले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीलाई सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ । 

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीमाथि छलफल गर्ने समितिको कार्यक्षेत्र नभएकाले आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए।

साथै सूचना मागका सम्बन्धमा मागिएका विषयहरूको जानकारी समितिका तर्फबाट लिखित रूपमा यसअघि नै उपलब्ध गराइसकिएको र थप विवरण आवश्यक परेमा नियमानुसार उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिइएको उनले बताए ।

उनले कुनै व्यक्ति विशेषले बोलेको कुरा छुट्टै व्यक्तिगत नोट बनाएर दिने वा सिफारिस गर्ने विगतको अभ्यास नरहेको उल्लेख गरे । बैठकका सम्पूर्ण छलफलहरू अडियो रेकर्डका रूपमा सुरक्षित रहने र मिडियामार्फत समेत सार्वजनिक भइसकेकाले जो–कसैले सन्दर्भ सामग्री का रूपमा सुन्न वा हेर्न सक्ने व्यवस्था रहेको उनको भनाइ छ ।

त्यस्तै समितिले सदस्यहरुका लागि आगामी भाद्र १८ र १९ गते अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार