बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
राजनीति प्रदेश बागमती प्रदेश

राप्रपा नेता उद्धव थापा पार्टीबाट निष्कासित,कमल थापाको असहमति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ भदौ, २०८३ मा प्रकाशित
राप्रपा नेता उद्धव थापा पार्टीबाट निष्कासित,कमल थापाको असहमति
काठमाडौं, भदौ ४ :

राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्कासित गरेको छ। पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै अध्यक्ष राजेन्द्र लिङदेनले थापालाई कारबाही गरेको हो।

थापाले एमाले र नेकपाको सरकारलाई समर्थन गर्दै किरण थापालाई मतदान गरेका थिए। राप्रपाले समर्थन फिर्ता लिन गरेको आग्रहलाई उनले अस्वीकार गरेपछि कारबाहीमा परेका हुन् । अब सरकारमा सहभागी हुने पार्टीका अन्य सदस्यलाई पनि कारबाही गर्ने राप्रपाले जनाएको छ ।

यसैबीच, राप्रपा नेता कमल थापाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन् । बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिले थापालाई जबरजस्ती कारबाही गरेको भन्दै उनले आफ्नो असहमति रहेको बताए । थापामाथि गरिएको कारबाहीको निर्णय पार्टीको विधि, विधान र पद्धति विपरीत हतारमा र जबरजस्ती लादिएको उनको तर्क थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार