नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सभामुख डीपी अर्याललाई भेटेर सांसदहरुबाटै प्रहरीको मनोबल गिराउने काम भएको भन्दै गुनासो गरेका छन् । सभामुख अर्याललाई शुक्रबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटेर कार्कीले गुनासो पोखेका हुन् ।
पछिल्लो समय संसदीय समितिको बैठकमा कसैको उजुरीको भरमा सुरक्षा निकायका प्रमुख तथा गृह सचिवलाई डाकेर धम्क्याउने र धर्काउने काम भएको जनाउँदै कार्की प्रहरी उच्च अधिकृतसहितको टोलीसहित सभामुखलाई भेट्न पुगेका हुन् ।
आईजीपी भनेको कुनै व्यक्ति नभएर संस्था पनि भएको हुँदा शिष्टाचार र मर्यादाको कुरा पनि ख्याल गरिदिनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको थियो । जेन-जी आन्दोलनबाट प्रहरीको मनोबलगिरिरहेका बेला संस्थामाथि बारम्बार प्रहार हुँदा तल्लो तहसम्मै समस्या देखिनसक्ने अधिकृतले बताएका थिए ।
सभामुख अर्यालले प्रहरी नेतृत्वले राखेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै यो विषयमा बुझिरहेको भनेका थिए । गृहमन्त्री सुधन गुरुङले पनि सो विषयप्रति लक्षित गर्दै उजुरीका भरमा न्यायाधीश नबन्न सांसदहरुलाई सुझाव दिएका थिए । लेखा समिति बैठकमा रास्वपा सांसद खगेन्द्र सुनार र आईजीपी कार्कीबीच नोकझोक भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’