सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि राजीनामा दिने भएका छन्।
प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहे पछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन् । गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो।
मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले जानकारी दिएका छन् । मुख्यमन्त्री शाहले भोलि प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने तयारी गरेको उनले बताए।
संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समय सीमा पनि भोलि पूरा हुदैछ ।
विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनु भन्दा राजीनामा दिने निष्कर्षमा पुगेको बुझिएको छ ।
यसैबीच नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
मुख्यमन्त्रीले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
नयाँ सरकार गठनका लागि नेकपा र एमालेबिच यसअघि नै सहमति भइसकेको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने तयारी गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’