शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’ को तयारी सुरु 

· बुधबार, १ कात्तिक, २०८१ मा प्रकाशित
मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’ को तयारी सुरु 
महोत्तरी, कात्तिक १ :

मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’ को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् । 

असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागै छन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई  ‘कोजगरा’ (कोजाग्रत) भनिएको पाका मैथिल बताउँछन् । मिथिलामा यो रात जाग्राम बस्ने चलन छ । कोजाग्रत पूर्णिमाका दिन जनकपुरको जानकी मन्दिरमा विशेष पूजा गरिन्छ ।

पान, मखान सहित महालक्ष्मीको पूजाआराधना गरिन्छ । भोलिपल्ट सूर्योदय भएपछि कोजाग्रत पूजा समापन गरिन्छ । कोजाग्रतमा महालक्ष्मीको आराधना गर्नाले कहिल्यै दरिद्र नहुने जनविश्वास छ ।

कोजाग्रतका दिन मिथिलामा दूध मखान र पान पनि खाने चलन छ । पान, मखान दुवै सौन्दर्य र सुखको प्रतीक मानिन्छन् । यसै परम्पराले कोजाग्रतमा पान र मखानको विशेष महत्व छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार