बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ साउन, २०८३ मा प्रकाशित
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौं, साउन १४ :

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ हुने सम्बोधनमा तराई/मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिबारे प्रधानमन्त्रीले धारणा सार्वजनिक गर्नेछन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछिको अवस्थालाई केन्द्रमा राखेर सम्बोधनको तयारी भइरहेको छ। सम्बोधनमार्फत सरकारको धारणा, शान्ति–सुरक्षा कायम गर्ने प्रतिबद्धता तथा नागरिकलाई संयम र सद्भाव कायम राख्न आह्वान गरिने अपेक्षा गरिएको छ। सुनसरी घटनाले उग्ररुप लिँदा पनि प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको भन्दै चर्को विरोध भइरहँदा प्रधानमन्त्री राष्ट्रको नाममा सम्बोधन गर्न तयार भएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार