बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान

ओलीको जतिकै अरु पदाधिकारीको पनि कमजोरी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० साउन, २०८३ मा प्रकाशित
एमालेमा रूपान्तरणका लागि युवा नेताहरूको आह्वान
काठमाडौं, साउन १० :

नेकपा (एमाले) का युवा नेताहरूले पार्टीको रूपान्तरणका लागि नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्ने आव्हान गरेका छन् ।

‘पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका’ विषयक आज काठमाडौँमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेतृत्वले हस्तान्तरण र सम्मानजनक बिदाइका साथै पार्टीको साङ्गठनिक स्वरुप र शैलीमा पनि परिवर्तन गर्न आग्रह गरेका हुन् । 

उनीहरुले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले भोगेको पराजयमा बाह्य कारणका साथै आन्तरिक कारण पनि प्रमुख रहेको जिकिर गरेका थिए । वक्ताहरुले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको जति कमजोरी छ, त्यति नै कमजोरी अरु पदाधिकारीको रहेको तर्क प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू एवं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष तथा पूर्वनेताहरू ठाकुर गैरे, माधव ढुङ्गेल, रमेश पौडेल, नरोश रोकाया, नवीना लामा, डा सुजन कडरिया, रचना खड्का, मोति विक, उषाकिरण तिम्सिना, मेनका पछाइँ, तत्तबहादुर शाहीलगायतले पार्टीमा रूपान्तरणको माग गरेका हुन् ।  

एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनःगठनका लागि गठित कार्यदल अहिले प्रतिवेदन लेखनको क्रममा रहेको छ । गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार