शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र सेयर बजार

नेप्सेमा लगातार पाँचौं दिन हरियाली, परिसूचक ४१.७० अंकले उकालो

पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने सरकारको प्रतिबद्ध
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ साउन, २०८३ मा प्रकाशित
नेप्सेमा लगातार पाँचौं दिन हरियाली, परिसूचक ४१.७० अंकले उकालो
काठमाडौैं, साउन ४ :

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ४१.७० अंकले बढ्दै लगातार पाँचौं कारोबार दिन पनि हरियाली कायम गरेको छ। अघिल्ला चार दिनदेखि निरन्तर उकालो लागेको बजारले सोमबार पनि सकारात्मक लयलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १.५५ प्रतिशतले बढेर २ हजार ७१९.२४ अंकमा पुगेको छ। यद्यपि, अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा बजार वृद्धिदर भने केही सुस्त देखिएको छ। शुक्रबार नेप्से ७९.७४ अंकले बढेको थियो।

कारोबारमा सहभागी २७६ कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको, ३२ कम्पनीको घटेको तथा पाँच कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

सोमबार कुल ६७ हजार १५५ पटक भएको कारोबारमा १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। यसले बजारमा अधिकांश क्षेत्रका लगानीकर्ताको आकर्षण बढेको संकेत गरेको छ।

यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले सरकार पुँजी बजारका देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार