शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

साउन १ देखि सवारी लाइसेन्सको आवेदन र नवीकरण अनलाइनबाटै

पुराना लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३२ असार, २०८३ मा प्रकाशित
साउन १ देखि सवारी लाइसेन्सको आवेदन र नवीकरण अनलाइनबाटै
काठमाडौं, असार ३२ :

साउन १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन तथा नवीकरण सेवा पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध हुने भएको छ।

यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै सेवाग्राहीले अब अनलाइनबाटै आवेदन दर्ता, नवीकरण तथा राजस्व भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको जनाएको हो।

विभागका अनुसार सेवा लिन राष्ट्रिय परिचयपत्रको विवरण तथा नागरिक एपमा रहेको क्यूआर स्क्यानर प्रयोग गरी स्क्यान गरेपछि अटोफिल प्रणालीमार्फत फाराम भर्न सकिनेछ। यस व्यवस्थाले सेवाग्राहीलाई आवश्यक विवरण सहज रूपमा भर्न सहयोग पुग्ने विभागको विश्वास छ।

विभागले सातै प्रदेशका सेवाग्राहीका लागि छुट्टाछुट्टै वेब ठेगानामार्फत अनलाइन फाराम भर्ने व्यवस्था मिलाएको जनाएको छ। साथै, सेवासम्बन्धी कुनै समस्या, गुनासा वा सुझाव भए विभागको आधिकारिक इमेल तथा प्रदेशगत सम्पर्क इमेल र मोबाइल नम्बरमार्फत जानकारी दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

विभागले नयाँ प्रणाली लागू भएसँगै सेवाप्रवाहलाई थप सरल, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

यसैबीच, लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न भएको छ । साथै अब नयाँ सवारी चालक अनुमतिपत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार