बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति प्रदेश मधेस प्रदेश

गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजीको विवरण सङ्कलन सुरु

पीडितको समस्या सुनेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोनमा अवस्थाको जानकारी गराउँदै आवश्यक छलफल गरेका थिए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० असार, २०८३ मा प्रकाशित
गृहमन्त्रीको निर्देशनपछि मिटरब्याजीको विवरण सङ्कलन सुरु
बारा, असार ३० :

जनकपुरबाट पैदल यात्रा गरी काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई भेट्न बाराको निजगढ आइपुग्नुभएका गृहमन्त्री सुधन गुरुङले पीडित र पीडकको विवरण तत्काल सङ्कलन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

निजगढमा आज पीडितको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले सोही स्थानबाटै विवरण सङ्कलनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले मिटरब्याजमा संलग्न व्यक्तिको विवरण सङ्कलन सुरु गरेको छ ।

पीडितको समस्या सुनेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोनमा अवस्थाको जानकारी गराउँदै आवश्यक छलफल गरेका थिए । पीडितको समस्या सुनेपछि आगामी कदमका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेको उनले जानकारी दिए ।

गृहमन्त्री गुरुङले करिब ६ घण्टासम्म पीडितका कुरा सुनेका थिए । अधिकांश पीडितले सुरक्षा निकाय र न्यायालयबाट न्याय पाउन नसकेको भन्दै गुनासो गरेका थिए । गृहमन्त्री गुरुङले मिटरब्याजको समस्या समाधान गर्न आवश्यक ऐन, नियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पीडितसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले पीडितलाई न्याय दिने प्रक्रिया अघि बढेको बताए । उनले विवरण सङ्कलनपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए । गृहमन्त्रीसँगको भेटपछि मिटरब्याज पीडित आज निजगढमै रोकिएका छन् ।

न्याय नपाएको भन्दै जनकपुरबाट मिटरब्याज पीडित यही असार २५ गते पैदल यात्रामा निस्किएका थिए । निजगढमा सोमबार साँझ आइपुगेका उनीहरुलाई उद्योग वाणिज्य सङ्घको भवनमा राखिएको थियो ।

यसैबीच निजगढमा पीडितसँग भेटेर फर्किएका गृहमन्त्रीले साँझ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । मिटरब्याजसम्बन्धी मुद्दा र सुरक्षा संवेदनशीलताको विषयमा उनले सुरक्षा अधिकारीसँग छलफल गरेको बुझिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार