शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

प्रेस काउन्सिलसम्बन्धी कानुनलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ असार, २०८३ मा प्रकाशित
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
काठमाडौं, असार २९ :

सरकारले प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार श्रेष्ठलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको हो। सर्ट लिस्टमा परेका १० जना मध्येबाट श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको हो।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उनलाई नियुक्तिपत्र प्रदान गरे। अध्यक्षमा नियुक्त श्रेष्ठले पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने बताए। साथै उनले प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको उल्लेख गर्दै त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता समेत औँल्याए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार