बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति भिडियो

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु

नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रुपमा नयाँ प्रणालीमा स्थानान्तरण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ असार, २०८३ मा प्रकाशित
नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु
काठमाडौं, असार २९ :

सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ ।

सोमबार राहदानी विभागमा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्यको शुभारम्भ गरेका हुन् । नेपालको इतिहासकै सवैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रुपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको मन्त्री खनालले जानकारी दिए । नयाँ प्रणालीको तयारीका लागि दुई–तीन दिनअघि देखि विभाग र वैदेशिक नियोगहरूमा पासपोर्ट वितरण कार्य बन्द गरिएकोमा, नयाँ प्रणालीमार्फत वितरण कार्य सफलतापूर्वक सुरु भएको उनले बताए ।

उनले हाल परीक्षण गर्दा प्रविधि ठीक देखिए पनि प्रक्रियागत रूपमा केही सामान्य प्राविधिक समस्याहरू आउन सक्ने सम्भावनालाई ध्यानमा राखी राहदानी विभाग र परराष्ट्र मन्त्रालयका प्राविधिक टोलीहरू ’स्ट्यान्डबाइ’ अवस्थामा रहेको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार