निर्वाचन आयोगकी आयुक्त डा जानकीकुमारी तुलाधरले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेकी छन्।
यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ६५ वर्षे उमेर हदका कारण असार २३ गते अवकाश भएपछि वरीयता क्रमअनुसार डा तुलाधरलाई उक्त जिम्मेवारी दिइएको हो। हाल पाँच सदस्यीय निर्वाचन आयोगमा डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्र कार्यरत छन्।
यसबीच सरकारले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको नियुक्तिका लागि सिफारिस गरिसकेको भए पनि उनीहरूको संसदीय सुनुवाइ प्रक्रिया जारी छ। संसदीय सुनुवाइ समितिले सिफारिस गरिएका तीन जनाविरुद्ध १० दिने उजुरी आह्वान गर्दै सुनुवाइ प्रक्रिया अघि बढाएको छ।
संवैधानिक परिषद्ले मानबहादुर कार्की (मोरङ) लाई प्रमुख निर्वाचन आयुक्त तथा डा राजीव सुब्बा (काठमाडौं) र गुरुप्रसाद वाग्ले (ओखलढुंगा) लाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’