बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

सीमा विवादबारे प्रधानमन्त्रीको स्पष्ट जवाफ माग्दै विपक्षीको विरोध जारी

प्रधानमन्त्री सदनप्रति अनुत्तरदायी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ असार, २०८३ मा प्रकाशित
सीमा विवादबारे प्रधानमन्त्रीको स्पष्ट जवाफ माग्दै विपक्षीको विरोध जारी
काठमाडौं, असार २५ :

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन् ।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ-आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले एउटै विषयमा निरन्तर विरोध भइरहेकाले विपक्षी दलका तर्फबाट एक जना सदस्यलाई सङ्क्षिप्त धारणा राख्न समय दिएका थिए।

नेपाली कांग्रेसकी हरिनादेवी कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ...’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने तथा उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरिन् ।

त्यसपछि अन्य विपक्षी दलका सांसदहरूले पनि बोल्न समय माग गरेपछि सभामुख अर्यालले सबै विपक्षी दललाई बोल्न समय दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की एशुदाकुमारी बरालले विपक्षीले पटक–पटक उठाउँदै आएको विषयमा सरकारले सुनुवाइ नगरेको भन्दै ध्यानाकर्षण गराइन्।

नेपाली कम्युनिष्ट पार्टीका  भीमकुमारी बुढामगरले नेपाली जनता आफ्नो भूमिको रक्षाका लागि प्रतिबद्ध रहेका बेला प्रधानमन्त्रीले राष्ट्रियतासँग जोडिएको आफ्नो अभिव्यक्ति सच्च्याउनुपर्ने माग गरिन् ।

यसैगरी, श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउनुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीले सो विषयमा सत्ता पक्षको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार