बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

प्रतिनिधिसभा नयाँ नियमावली बदरको माग गर्दै सर्वोच्चमा कांग्रेसको रिट

गम्भीर फौजदारी अभियोग लागेका सांसदलाई पुर्पक्षका लागि जेल नपरेसम्म निलम्बन नहुने व्यवस्था
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ असार, २०८३ मा प्रकाशित
प्रतिनिधिसभा नयाँ नियमावली बदरको माग गर्दै सर्वोच्चमा कांग्रेसको रिट
काठमाडौं, असार २५ :

प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नयाँ नियमावलीविरुद्ध कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिटमा नियमावलीको प्रस्तावना, नियम २५९ र नियम १४० संविधान तथा प्रचलित कानुनसँग बाझिएको दाबी गरिएको छ।

कांग्रेसका अनुसार नियम २५९ मा रहेको ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि’ भन्ने व्यवस्थाले नियमावलीलाई संघीय कानुनभन्दा माथि राख्ने प्रयास गरेको छ। यसले गम्भीर फौजदारी अभियोग लागेका सांसदलाई पुर्पक्षका लागि जेल नपरेसम्म निलम्बन नहुने व्यवस्था गर्दै कानुनको शासन र संविधानको मर्म विपरीत काम गरेको दाबी गरिएको छ।

यस्तै, नियम १४० ले संविधान संशोधन प्रक्रियामा राष्ट्रियसभाको संवैधानिक भूमिकालाई कमजोर बनाउने र सभामुखलाई दुवै सदनको कुल सदस्य संख्या जोडेर दुईतिहाइ गणना गर्ने अधिकार दिएको भन्दै पनि रिटमा आपत्ति जनाइएको छ।

रिटमा संविधानको धारा १०४ ले प्रतिनिधिसभालाई केवल आफ्नो कार्य सञ्चालनसम्बन्धी नियम बनाउन अधिकार दिएको उल्लेख गर्दै आन्तरिक नियमावलीमार्फत संघीय कानुनलाई निष्प्रभावी बनाउने व्यवस्था असंवैधानिक भएकाले नियमावलीका विवादित प्रावधान बदर गर्न माग गरिएको छ।

प्रतिनिधिसभाले विपक्षी दलको अवरोधका बीच १७ जेठमा नियमावली पारित गरेको थियो। त्यसयता विपक्षी दलहरूले नियमावली संविधान, प्रचलित कानुन र संसदीय प्रक्रियाविपरीत रहेको भन्दै निरन्तर विरोध गर्दै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार