बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति अर्थतन्त्र

जलविद्युत उत्पादन मागभन्दा बढी, प्रसारण सुधारमा ऊर्जामन्त्री श्रेष्ठको जोड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ असार, २०८३ मा प्रकाशित
जलविद्युत उत्पादन मागभन्दा बढी, प्रसारण सुधारमा ऊर्जामन्त्री श्रेष्ठको जोड
काठमाडौं, असार २३ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा हाल विद्युत् उत्पादन आन्तरिक मागभन्दा बढी रहेको बताएका छन्। उनले समस्या उत्पादनमा नभई पुराना प्रसारण तथा वितरण संरचनामा रहेको भन्दै त्यसको आधुनिकीकरणका लागि ठूलो लगानी आवश्यक रहेको बताए।

मंगलबार राष्ट्रियसभामा विनियोजन विधेयकसम्बन्धी छलफलमा बोल्दै मन्त्री श्रेष्ठले विद्युत् आपूर्ति सुधारका लागि प्रसारण लाइन, सबस्टेसन र वितरण प्रणाली विस्तारलाई प्राथमिकता दिइएको जानकारी दिए। आगामी आर्थिक वर्षमा १२ वटा प्रसारण लाइन आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

ऊर्जा मन्त्रालयका लागि आगामी आवमा १ खर्ब १४ अर्ब रुपैयाँभन्दा बढी बजेट प्रस्ताव गरिएको छ। आगामी वर्ष जलविद्युतबाट ६७० मेगावाट र सौर्य ऊर्जाबाट ३७० मेगावाट थप गरी राष्ट्रिय प्रसारण प्रणालीको क्षमता ५ हजार ५३५ मेगावाट पुर्‍याउने लक्ष्य रहेको छ।

मन्त्री श्रेष्ठले आगामी १० वर्षमा विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने सरकारको लक्ष्य रहेको पनि बताए। साथै, तराई–मधेसमा भूमिगत जल सिँचाइ विस्तार, नदी नियन्त्रण, सिँचाइ आयोजना र जलवायु अनुकूलनका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार