बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति प्रदेश कोसी प्रदेश

नागरिकका अधिकार हनन गर्ने कार्य भइरहेकोमा मुख्यमन्त्री कार्कीको चिन्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ असार, २०८३ मा प्रकाशित
नागरिकका अधिकार हनन गर्ने कार्य भइरहेकोमा मुख्यमन्त्री कार्कीको चिन्ता
विराटनगर, असार १२ :

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक अधिकार र नागरिक स्वतन्त्रता माथि धावा बोल्ने कार्य शुरु भएकाले प्रखर रुपमा आवाज उठाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । 

शुक्रबार विराटनगरमा आयोजना गरिएको कोशी मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो केही समय बोल्ने, लेख्ने र विरोध गर्न पाउने संविधान सम्मत नागरिक अधिकार हनन गर्ने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले नागरिक स्वतन्त्रता र अधिकार हनन भए लोकतन्त्र नै धरापमा पर्ने भएकाले पत्रकारहरु झन शसक्त रुपमा आवाज उठाउने माध्यम भएको बताए ।
नेपाल पत्रकार महासंघ कोसी प्रदेशले आयोजना गरेको सो मिडिया सम्मेलनमा संचारमाध्यमको अवस्था, निजी संचारमाध्यमबाट सरकारी सन्देश हट्दाको परिणाम र पत्रकारहरुको सुरक्षाबारे छलफल भएको छ । सम्मेलनमा नेपाल पत्रकार महासंघका र्पूव केन्द्रीय अध्यक्षहरु शिव गाँउले, डा. महेन्द्र विष्ट, विष्णु निष्ठुरी लगायतलाई सम्मान गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार