शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेस महामन्त्री पौडेल भन्छन्- कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ असार, २०८३ मा प्रकाशित
कांग्रेस महामन्त्री पौडेल भन्छन्- कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन्
फाइल तस्बिर ।
काठमाडौं, असार ११ :

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए पनि नेपाली उपभोक्ताले राहतको अनुभूति गर्न नपाएको बताएका छन्।

महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमार्फत अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आए पनि नेपाली उपभोक्ताले  राहत पाउन नसकेको बताए। “करिब ३० प्रतिशतभन्दा बढीले मूल्य घटिसक्दा नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन नगर्दा आमनागरिक महँगो इन्धन किन्न बाध्य छन्”, उनले भने । कुनै समय प्रति ब्यारेल ११७.६३ डलर पुगेको कच्चा तेलको मूल्य हाल ६९.२१ डलरको आसपासमा झरिसकेको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आमनागरिकले सहजै पाउनुपर्ने उनको भनाइ छ । उनले नेपालमा इन्धनको मूल्यलाई अन्तरराष्ट्रिय बजारसँग जोड्न ‘स्वचालित मूल्य प्रणाली’ लागू गरिएको भनिए पनि उक्त व्यवस्था लागू नभएको  बताए ।

पछिल्लो समय कच्चा तेलको मूल्यमा आएको यो गिरावटको लाभ तत्काल उपभोक्तालाई हस्तान्तरण गरी सुशासनको प्रत्यभूति गराउन उनले माग गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार