शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते

· शुक्रबार, २६ असोज, २०८१ मा प्रकाशित
गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते
गुल्मी, असोज २६ :

गुल्मीमा जिप दुर्घटनामा १४ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर- ५ इन्द्र गौडामा लु १ ज ४४४८ नम्बरको सफारी जिप दुर्घटनामा परेको हो ।

आज बिहान रिडि- बुर्तिवाङ सडक खण्डमा बुटवलबाट गुल्मीको मालिका तर्फ जाँदै गरेको जिप दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अरू १२ जना घाइतेको अवस्था मध्य रहेको डिएसपी पोखरेलले बताउनुभयो । घाइतेहरूको थप उपचारको लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।

जिप आफै अनियन्त्रित भई बाटो देखि अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना परेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार