राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भोलि (बुधबार) पहिलो चरणको मतदान सुरु हुने भएको छ।
पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ। केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका प्रकाशन गर्दै बुधबार बिहानदेखि मतदान हुने जनाएको हो। उम्मेदवारीहरुको प्रारम्भिक नामावली, दावी विरोध, उममेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशनलगायतका काम आज नै सकिनेछ।
मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतपरिणाम घोषणा गर्ने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। आजै राति पौने १२ बजेदेखि मौन अवधि लागू हुने जनाइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।