
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई अदालतमा उपस्थित गराइएको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका उनलाई थुनामा राखेर अनुसन्धान अघि बढाउने कि तारेखमा छाड्ने भन्ने विषयमा भएको बहस सकिएको छ । सरकारी पक्षले अनुसन्धानका लागि थुनामा राख्न अनुमति माग्दा पौडेल पक्षका कानुन व्यवसायीहरुले साधारण तारिखमा राखेर अनुसन्धान गर्न आग्रह गरेका हुन्।
न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा भएको बहसमा उनी पक्षका कानुन व्यवसायीहरुले पौडेलले प्रमाण नष्ट गर्ने र भागी जाने संभावना पनि नभएकोले थुनामै राखेर अनुसन्धान गर्न आवश्यक नभएको जिकिरका थिए ।अदालतले निर्णय सुनाउन बाँकी छ ।
उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरी रातारात काठमाडौँ ल्याइएको थियो। काठमाडौँ ल्याएर उनलाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको थियो। विभागबाट उनलाई म्याद लिनका लागि विशेष अदालत लगिएको हो।