चितवन, असार ९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सुरु भएको छ। भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मंगलबार अपराह्नबाट बन्दसत्र सुरु भएको हो। सोमबार नै बन्दसत्र सुरु गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाइ भएको हो।

रास्वपा सभापति रवि लामिछानेले बन्दसत्रलाई सम्बोधन गर्दै गुटउपगुटमा नलाग्न आग्रह गरे । गुटउपगुट बन्न लागेको भन्दै चिन्ता व्यक्त गर्दै उनले यसले सही परिणाम नदिने बताए । लामिछानेले भने, ‘फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ ।’

हिजोको शैलीले फरक परिणाम ननिस्कने बताउँदै उनले भोट  राम्रालाई दिन आग्रह गरे ।  बन्दसत्रमा अध्यक्ष लामिछानेकोसहित विभिन्न ६ वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।