
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)को महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन।
चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा बिहान ८:३० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र हालसम्म पनि सुरु हुन सकेको छैन।
पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरू बन्द स्थलमा पुगिसकेका छन् ।
प्रतिनिधिहरूको नामावलीमा केही त्रुटी भेटिएपछि त्यसलाई सच्याउनपर्ने भएकाले ढिला भएको नेताहरूले बताएका छन्। रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह बन्दसत्र सुरु हुनुअघि छलफलमा जुटेका छन् ।लटौली स्याङ्चुरी रिसोर्टमा दुई नेताबीच छलफल भइरहेको हो ।
बन्दसत्रमा रास्वपा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ अन्य नेताहरूले पनि विभिन्न प्रतिवेदन र प्रस्ताव पेस गर्ने कार्यतालिका छ । आज दिउँसोबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने र असार ९ गते सभापति तथा ९९ केन्द्रीय सदस्यका लागि मतदान हुने कार्यतालिका छ।