बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

अख्तियारलाई ५ घण्टा मात्रै होइन, आवश्यक परे ५ वर्षसम्मै राखेर परामर्श गरिन्छ : प्रधानमन्त्री शाह

पुराना कुरा लिएर निउँ खोज्दै बस्ने होइन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ असार, २०८३ मा प्रकाशित
अख्तियारलाई ५ घण्टा मात्रै होइन, आवश्यक परे ५ वर्षसम्मै राखेर परामर्श गरिन्छ : प्रधानमन्त्री शाह
काठमाडौं, असार ७ :

प्रधानमन्त्री बालेन शाहले सरकारी सम्पत्तिको दोहन तथा विगतका अनियमितताबारे छानबिन गर्दा आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लामो समयसम्म पनि परामर्श गर्न सकिने बताएका छन्।

 राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले आवश्यक परे ५ घण्टा मात्रै होइन अख्तियारलाई ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने बताए ।

प्रधानमन्त्री शाहले आफ्नो दल विकास र काममा केन्द्रित रहेको दाबी गर्दै प्रतिशोधको राजनीतिमा विश्वास नगर्ने बताए। उनका अनुसार पुराना विषयलाई लिएर अनावश्यक विवाद सिर्जना गर्नु पार्टीको उद्देश्य नभई सुशासन र विकासलाई प्राथमिकता दिनु नै मुख्य लक्ष्य हो।

हालै अख्तियार प्रमुखसहित संवैधानिक निकायका पदाधिकारीलाई बन्द कोठामा राखेर कारबाहीका लागि दबाब दिएको भन्ने आरोपबारे संसद्मा विपक्षी दलका सांसदहरूले चर्को विरोध जनाइरहेका बेला शाहले आफ्नो भनाइ स्पष्ट पारेका हुन्। 

उनले कानुनी प्रक्रियाअनुसार आवश्यक परामर्श र अनुसन्धान हुनु स्वाभाविक रहेको उल्लेख गर्दै सरकार कुनै पनि अवस्थामा नियम र कानुनभन्दा बाहिर नजाने बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार