गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आयोजना स्थलको स्थलगत अनुगमन गरेका छन्। गएरातिको भारी वर्षाका कारण कार्यक्रम स्थलमा पानी जमेर समस्या भएपछि गृहमन्त्री गुरुङले आयोजना स्थलमा पुगेर व्यवस्थापन अवस्थाबारे जानकारी लिएका छन् ।
गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए । गएरातिको वर्षाको कारण महाधिवेशन स्थल जलमग्न बनेको छ । हाल मोटरको प्रयोग गरी जमेको पानी निकाल्ने काम भइरहेको जनाइएको छ। सो क्षेत्रको अहिले माटो भर्ने काम भइरहेको छ । गृहमन्त्री गुरुङले महाधिवेशन स्थलको सुरक्षाका विषयमा समेत जानकारी लिएका थिए ।
रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम आज दिउँसो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले गर्ने तयारी रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’