
काठमाडौं, असार ७ :
प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह चितवन पुगेका छन् । आजदेखि चितवनमा हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।
आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव शाहले जानकारी दिए। प्रधानमन्त्री छोरीसहित महाधिवेशन स्थलमा पुगेको दृष्य सार्वजनिक भएको छ ।