काठमाडौं, असार २ :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।
आयोगको टोलीले सोमबार बेलुका अर्याललाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।
राहदानी प्रणालीसँग सम्बन्धित खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा आयोगले अनुसन्धान गरिरहेको छ। सोही अनुसन्धानका क्रममा थप सोधपुछ तथा प्रमाण संकलनका लागि अर्याललाई नियन्त्रणमा लिइएको बताइएको छ।
राहदानी विभागसँग सम्बन्धित खरिद तथा सेवा व्यवस्थापनका विषयमा उठेका प्रश्नहरूको छानबिन अख्तियारले केही समयदेखि गरिरहेको बताइएको छ। अनुसन्धानको निष्कर्षका आधारमा आयोगले थप कानुनी प्रक्रिया अघि बढाउने जनाइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’